Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मेयर देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुकमा

  • २ वर्ष अगाडि

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरूलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् ।

उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचतकर्ताहरूलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् ।नेपाली फेसबुक लाइभ मार्फत सम्पर्कमा आएका हुन् । उनले आफ्नो घरमा केही मानिसहरू हतियार सहित आएर ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडको घर मागेको भन्दै बेपत्ता हुनुपरेको बताएका छन् ।

संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उनले फेसबुक लाइभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रूपमा समाधान गर्ने बताएका छन् ।

आफ्नो चल अचल सम्पत्ति पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई सहयोग नगरेको बताएका छन् । उनले नगरप्रमुख भएर वुर्तिवाङ मा बस्दा सहकारीमा समय दिन नसकिएको स्वीकार गर्दै इमेजमा बचतकर्ताहरूले भनेजस्तो पुरै डिपोजिट नभएको समेत बताएका छन् । करोडौँ डिपोजिट रहेको बताएका बचतकर्ताले कर्जा मार्फत अधिकांश रकम फिर्ता लगिसकेकोसमेत बताएका छन् ।

कर्मचारीले मनपरि ढंगले ऋण लगानी गरेको भन्दै उनले आफूले बचतकर्ताको रकम फिर्ता गर्न मागेको ६ महिना समयका लागि केही साथीहरू कुर्न नसकेको बताएका छन् ।

उनले आफ्नो घर जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने वातावरण मिलाउन बचतकर्ता तथा शेयर सदस्य, नागरिक समाज, राजनीतिक दल र पत्रकारसँग आग्रह गरेका छन् ।

भिडियो हेर्न लागि यो लिङ्क हेर्नु होस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com