बागलुङ /नेकपा एमाले जिल्ला कमिटी बागलुङले पत्रकार सम्मेलन गर्दै नेकपा एमाले केन्द्रीय अध्यक्ष के पी शर्मा ओली मङ्सिर २१ गते बागलुङ आउने जनाएको छ ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ सम्म समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आउनु हुने पार्टीका कार्यालय सचिव अमर थापाले बताउनुभयो । उक्त क्रममा पातिहाल्नेमा मुख्य स्वागत गरी विभिन्न पालिकाले स्वागत गर्ने र बागलुङ बजारमा रहेको लोकतान्त्रीक चोकमा भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम गरी कालिका मन्दिरको अवलोकन गरी मालढुङामा बिदाइ गरिने थापाले बताउनु भयो ।
उक्त सम्मेलन जिल्ला अध्यक्ष हिरा बहादुर के सी को अध्यक्षता र पार्टी प्रवक्ता चन्द्र गणेशको सञ्चालनमा सम्पन्न भएको थियो।