Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए, पार्टी भित्रैकै हरिया सर्पले पनि प्रहार गरे ः केपी ओली

  • १ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको शासनकालमा देशमा विकासको गति अघि बढेको दाबी गर्नुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार बिहान सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले एमालेको पालामा देशमा सुशासन कायम भएको बताउनुभयो

। ‘भ्रष्टाचार नियन्त्रण गरेका थियौँ, थुप्रै क्षेत्रमा पूर्वाधार, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, अनेक क्षेत्रहरूमा विकासको गतिलाई अघि बढाएका थियौँ’, कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो । एमालेको कार्यक्षमता देखेर विरोधीहरू आत्तिएका ओलीले बताउनुभयो । ‘हाम्रो कार्यक्षमता देखेर हाम्रा विरोधहरू आत्तिए, पार्टी भित्रै लुकेर बसेका कतिपय हरिया सर्पहरू, तिनीहरू पनि आत्तिए तिनले पनि पार्टी विरुद्ध प्रहार गरे, हाम्रो देशलाई सम्पन्न भएको देख्न नचाहने, विकास भएको देख्न नचाहने यस देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान माथि उठेको देख्न नचाहने वैदेशिक शक्तिहरूले पनि हाम्रा विरुद्ध षडयन्त्र गरे’, ओलीले भन्नुभयो । एमालेले सरकार छाडेको अढाई वर्षमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देश धेरै नराम्रो गरी ओरालो लागेको ओलीले बताउनुभयो । आज देशको विकास ठप्प भएको आलीले सुनाउनुभयो । अहिले जनतामा निराशा बढ्दै गएको ओलीले टिप्पणी गर्नुभयो । देश अगाडि बढ्नु पर्नेमा विनाश तर्फ धकेल्ने काम गरिएको उहाँले बताउनुभयो । विश्व तीव्र आर्थिक विकास तर्फ अघि बढिरहेको बेला नेपाल भने ओरालो लागेको उहाँको टिप्पणी छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते आरम्भ भएको यात्राको आज छैटौँ दिन हो । यात्रा २१ औँ दिनको दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुँदै छ । मध्य पहाडको विकासको अवस्था, चुनौती र सम्भावना पहिचान गर्न एमालेले सो यात्रा आयोजना गरेको हो । पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी करिडोर अवरुद्ध

शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com