Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भेरी बबई डाइभर्सन पुगेर ओलीले सम्झिए मनमोहन

  • २ वर्ष अगाडि

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनास्थलमा पुगेर मनमोहन अधिकारीलाई स्मरण गर्दै निर्माणमा बिलम्ब गर्न नहुने बताएका छन् । एमालेले १४ मंसिरबाट सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेस्थित आयोजनास्थलको निरीक्षण गर्दै ओलीले राष्ट्रका रुपान्तरणकारी परियोजना निर्माणमा सबैको ध्यान जानुपर्ने बताए । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सुरु भएको बबई सिंचाई अयोजनाले बाँके र बर्दियामा पर्याप्त सिंचाई पु¥याउन सम्भव नहुने देखिएपछि भेरी डाइभर्सन परियोजना अगाडि सारिएको उनले बताए ।

सुरुवाती चरणमा आयोजना निर्माणले गति लिएर तोकिएको समय अगावै ब्रेकथु्र भएको परियोजना कोभिड–१९ का कारण पछाडि धकेलिएको उल्लेख गर्दै आगामी दिनमा स्रोत साधनको प्रभावकारी परिचालन गरी तोकिएको समयमा उच्च गुणस्तरको आयोजना सम्पन्न हुनुपर्ने ओलीको भनाई थियो । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेसिन (टिबिएम) प्रवधिबाट निर्माण गरिएको १२ किलोमिटर सुरुङको ३ बैशाख २०७६ मा तत्कालिन प्रधानमन्त्री रहेका ओलीले ‘ब्रेकथ्रु’ गरेका थिए । परियोजनाले बाँके र बर्दियामा ५१ हजार हेक्टर जमिनमा सिंचाई पु¥याउने तथा ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । ३३ अर्ब बढी लागतको आयोजनाले हालसम्म ६१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

बागलुङमा मेयर कप हुँदै

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com