पोखरा / नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रथम गण्डकी प्रदेश कमिटी अधिवेशनबाट गोरखाका प्रवीण श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
पोखरामा शुक्रबार र शनिबार चलेको प्रदेश अधिवेशनबाट प्रवीणको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । कास्कीका सुशन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली उपाध्यक्षमा र नवलपुरका सुरज सापकोटा सचिवमा चयन भएका छन् ।
उपसचिवमा कृति भट्टराई, अनिल कुवर, स्विकार पोखरेल र दिनानाथ लामिछाने तथा कोषाध्यक्षमा विक्रम क्षेत्री चुनिएका छन् ।