जापान / नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ।
जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ।
स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो।
सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ।