बागलुङ बजारमा संचालित सातौं बागलुङ महोत्सवमा प्रवेशको लागि वितरण गरिएको वान डे पास मंगलबार (आज) बाट रद्द गरिएको छ ।
आयोजक बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले सोमबार विज्ञप्ती प्रकाशित गर्दै वान डे पासहरु अत्याधिक नक्कली बनाइएको बताउँदै मंगलबारदेखि पास रद्ध गरिएको जनाएको हो । संघले अतिथिहरुको लागि सहजताको लागि उपलब्ध गराईएको वान डे पासमा अत्याधिक मात्रमा नक्कली पासहरु तयार पारेको पाइएकोले महोत्सवको सातौ दिनबाट उक्त पास रद्द गरिएको जनाएको छ ।
महासचिव गौतमले महोत्सवमा अतिथिहरुको सम्मानका लागि सहजताका लागि उपलब्ध गराइएका प्रवेश पासहरुमा आयोजक, सहयोगी संस्था, प्रायोजक एवं आर्थिक सहयोगी संस्थाहरुलाई उपलब्ध गराईएको अतिथि प्रवेश पास, धवलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई उपलब्ध गराईएको विद्यार्थी प्रवेश पास, स्टल तथा रमाईलो मेलालाई उपलब्ध गराईएको प्रवेश पास र वान डे पासमा अत्याधिक मात्रमा नक्कली पासहरु तयार पारेको पाईएकाले मंगलबार (आज) देखि गेटमा थप कडाई गरिने बताए ।