काठमाण्डाै /राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले देशलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने र गणतन्त्रवादीले हाम्रो होइनन् भन्ने सोच्न नहुने बताउनुभयो । राष्ट्र निर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताउनु भएको हो ।
‘त्यति बेलाको बाइसे, चौबिसे राज्यलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नु भएन । सबैको साझा बनाउने काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।’
सभापति लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभयो ।