बागलुङ /बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बागलुङको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । हिजो मात्र सम्पन्न भएको चुनावबाट निर्वाचित के बि राना मगर सहित विजयी भएको समितिलाई आज बागलुङ नगरपालिकाको सभा हलमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले शुभकामना व्यक्त गर्दै समितिले पहिलाको भन्दा फरक खालको काम गर्ने विश्वास लिएको बताउनु भएको छ ।काम गर्दा नगरपालिकाले हरपल सहयोग गर्ने बताउदै नराम्रा कार्य गरे कार्वाहि र राम्रा कार्य गरे प्रोत्साहन गरिने बताउनुभएको थियो ।
निर्वाचन अधिकारि एबम् सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निर्वाचित पदाधिकारिलाइ सपथग्रण र प्रमाणपत्र हस्तात्रण गर्दै नियममा रहेर काम गर्न कार्यसमितिका निर्वाचित पधाधिकारीलाइ निर्देशन दिनु भएको थियो ।
कार्यक्रममा बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिका निर्वाचित अध्यक्ष के बी राना मगरले मतदातालाई धन्यवाद दिँदै आफूले गरेका संघ/संस्थामा कुनै पनि समस्या नआएको र खाने पानीमा नि आएका समस्यालाई समाधान गर्ने बताउनु भएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन अधिकारी चित्राङ्गत बरालको अध्यक्षता नगरप्रमुख वसन्त कुमार श्रेष्ठको प्रमुख अतिथ्यता नगर उपप्रमुख राजु खड्काको शुभकामना र जिल्ला समन्वय समितिका अधिकारी कृष्णराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
निर्वाचित कार्य समितिक्को नाम लिष्ट:
अध्यक्षमा के बी राना उपाध्यक्षमा हरी बहादुर जिसी (सन्तोष) सचिवमा जीवन आचार्य कोषाध्यक्षमा कृष्ण शर्मा खुल्ला सदस्यमा कुलराज शर्मा (हिमाल) र शिव आचार्य निर्वाचित भएका थिए त्यसतै गरी महिला सदस्यमा कालिका सापकोटा, र हुमादेवी खड्का गुमा देवी श्रीष छन्त्याल निर्वाचित भएका थिए ।