Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेकपा एमाले बागलुङकाे दशौं अधिवेशन चैतमा

  • १ वर्ष अगाडि

बागलुङ/ नेकपा एमाले बागलुङको दशौं जिल्ला अधिवेशन आगामी चैत्र २९ र ३० गते हुने भएको छ । आइतबार सम्पन्न एमाले जिल्ला कमिटिको नवौं पूर्ण बैठकले एमालेको दशौं जिल्ला अधिवेशन आगमी चैत अन्तिममा गर्ने निर्णय गरेको एमाले जिल्ला कमिटिका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले जिल्ला कमिटिले दशौं जिल्ला अधिवेशनका लागि विभिन्न जिल्ला स्तरीय नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हिरा केसीलाई प्रतिवेदन लेखन संयोजक, उपाध्यक्ष लक्ष्मण पुनलाई जनपरिचालन संयोजक, सचिव विष्णु प्रसाद भुषाललाई आर्थिक व्यवस्थापन समिति, गणेश थापालाई प्रतिनिधि व्यवस्थापन, अमर बहादुर थापालाई प्रचार प्रसार संयोजक, रुद्र महतलाई खाद्य आवास संयोजक, बाबुलाल शाक्यलाई हल तथा मञ्च व्यवस्थापन, सम्पन्न श्रेष्ठलाई स्वयंसेवक परिचालक, हुमा खड्कालाई अथिति सत्कार र सरस्वती खड्का परियारलाई सांस्कृतिक संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तै जिल्ला अधिवेशन पूर्व माघ १० गते देखि २० गते सम्म पालिका स्तरीय बैठक सम्पन्न गर्ने, अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधिबाट रु. एक हजार ५०० र पार्टी सदस्यबाट रु. १०० का दरले आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ । दशौं जिल्ला अधिवेशनमा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको एमाले बागलुङले जनाएको छ ।

एमालेका जिल्लाभर पाँच हजार २०० संगठित सदस्य रहेका छन् । अधिवेशन पूर्व संगठित सदस्यलाई वृद्धि गर्नेगरी वडा–वडा तहमै अभियान चलाइने एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख (कुन पालिको कति )

नेपाल प्रेस युनियनको पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला

ताजा समाचार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर अवरुद्ध
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
शिक्षकहरुले राखेको माग जाहेज छन : प्रचण्ड
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

ट्रेन्डिङ

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई २० लाख धरौटीमा छाेड्न आदेश

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशमा प्रवेश

बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु

बागलुङ नगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com