बागलुङ । बागलुङमा गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । डिभिजन वन कार्यालय बागलुङको संयोजन र पर्यटन तथा उद्योग कार्यालयको अनुरोधमा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उद्घाटन गर्नु भएको थियो । उद्घाटन् पछि बोल्दै बरालले सङ्घीयताको उत्कृष्ट कार्यान्वयन प्रदेश सरकार भएको बताउनुभएको हो ।
पर्यटन तथा उद्योग कार्यालयको परिसरमा अम्बा, अमला, कागती लगायतका फलफूलका बिरुवा वृक्षारोपण गरिएको थियो ।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बरालको प्रमुख अथित्यता , पर्यटन कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख विष्णु नाथ शर्मा को स्वागत र डिभिजन वन कार्यालयका अधिकृत तेजप्रसाद निउरेको सञ्चालनमा सम्पन्न भएको थियो