काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार (फागुन १९गते) हुने भएको छ।
सातै प्रदेशबाट गत माघ ११ निर्वाचित १९ जना सदस्यहरूलाई संघीय संसद् सचिवालयले आगामी सोमबार शपथका लागि बोलाएको हो।
यसअघि निर्वाचित १९ सदस्यको अवधि आइतबार सकिँदैछ। अवधि सकिने २० मध्ये एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन्।
फागुन २० बाटै रिक्त हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भने आगामी फागुन २९ गते हुने भएको छ ।