बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा एस ई ई परीक्षा को तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बागलुङले जनाएको छ । परीक्षा भोलि देशभर चैत्र १५ गते देखि सञ्चालन हुँदै छ ।
जिल्लामा छात्रा छात्र दुवै गरी ४३९९ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बागलुङका ईकाइ प्रमुख युक्त प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका १४६ विद्यालयका विद्यार्थीहरू सहभागी हुने छन् । १४६, वटा मध्य बाट सामुदायिक विद्यालय बाट११३, संस्थागत बाट ३२ वटा र खुल्ला १ वटा विद्यालय सहभागी हुने छन् भने परिक्षामा नियमित (साधारण ) तर्फ ४०५५ , प्राविधिक तर्फ २२९ र ग्रेडवृद्धि तर्फ १२५ जना सहभागी हुने ईकाइ प्रमुख शर्माले जानकारी दिनुभयो।
जिल्लाकाे तमानखोला गाउँपालिका वाहेक अन्य स्थानिय तहमा प्राविधिक धार तर्फ विद्यार्थी सम्मिलित रहेको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बागलुङले जनाएको छ
जिल्लामा ३१ जना केन्द्रध्यक्ष ,४८९ जना सहायक केन्द्रध्यक्ष , १९२८ जना निरिक्षक , ५२३ जना सहायक कर्मचारी , सहयोगी कर्मचारी ८६७ र प्रतिदिन १५/१५ जना सुरक्षाकर्मी व्यवस्था गरिएको छ ।
परीक्षामा विद्यार्थीले कुनैपनी नराम्रो गतिविधि नगर्न आग्रह गर्नु भएको छ यदि नराम्रो गतिविधि गरेमा कार्वाहि गरिने ईकाइ प्रमुख युक्त प्रसाद शर्माले जानकारी दिनुभयो ।