बागलुङ . बागलुङ नगरपालिका वडा नम्बर ३ रातामाटमा अटो रिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ बजार देखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रहरी निरीक्षक दीपक बाबु केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीय रेवती किसान, २४ वर्षीय सम्झना किसान, ५ वर्षीय साँची किसान, ६८ वर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ वर्षीय शन्तबहादुर परियार घाइते भएको निरिक्षक केसीले बताउनुभयो ।
घाइतेहरूलाई उपचारका लागी धौलागिरि अञ्चल ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ।