पर्वत । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ । अज्ञात समूह /व्यतीले ६८ का सुर्य बहादुर जिसि र उहाँको श्रीमती अन्दाजी बर्ष ६५ कि गमला जिसिको हत्या भएको हो ।
उनिहरुको गएराती घर भित्र सुतिरहेको अबस्थामा हत्या भएको र आज बिहान घरभित्र नै मृत्त अबस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिनुभयो ।
वडा अध्यक्ष जिसिका अनुसार जिसि दम्पती मात्र बस्दै आउनु भएको थियो ।
घटनाको जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय पर्वतको घटना स्थल पुगेको छ। बाकी विवरण र अनुसन्धान भैरहेको जनाएको छ ।