बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटनापछि फरार रहेका चालक रामबहादुर थापा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले मंगलबार दिउँसो बागलुङ नगरपालिका–६ लमगाउँबाट पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी दीपक बाबु केसीले जानकारी दिनुभयो । दुर्घटनापछि उनी लमगाउँमा दाजुको घरमा लुकेर बसेका थिए ।
गत सोमबार दिउँसो बागलुङ बजारदेखि दोबिल्लातर्फ जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा दुर्घटना भएको थियो । सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई अटो रिक्सा दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका थिए ।
बागलुङ नगरपालिका–६ तीनतले घर भएका वर्ष २४ का चालक थापा दुर्घटनापछि फरार भएका थिए ।