बागलुङ । बागलुङमा दुर्घटना न्युनिकरणका लागि सप्ताहव्यापी रुपमा ट्राफिक सप्ताह गरिने भएको छ । ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका बिभिन्न स्थामा ट्राफिक जनसचेनासहित ट्राफिक सप्ताह गर्ने भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ , जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ को आयोजना तथा समन्व्य मा बैशाक २५ गते देखि ३१ गते सम्म ट्राफिक सप्ताह गर्ने लागेको जिल्ल ट्राफिक प्रहरीए कार्यालय बागलुङका प्रमुख तथा प्रह्री नायब निरिक्षक सुमन निउरेले बताउनु भयो ।
प्रमुख निउरेका अनुर्श सप्ताहको पहिलो दिन बैशख २६ गते गते ट्राफिक सचेतना मुलक प्लेकार्डसहित बागलुङ बजारका स्थान, गलकोटको हटिया र ढोरपाटनको बुर्तिबाङमा र्यालि निकाली सहितको कार्यक्रम रहेको छ । प्रमुख निउरेका अनुसार सप्ताहको पहिलो दिन बैशाख २६ गते गते ट्राफिक सचेतना मुलक प्लेकार्डसहित बागलुङ बजारका स्थान, गलकोटको हटिया र ढोरपाटनको बुर्तिबाङमा र्यालि सहितको कार्यक्रम रहेको छ ।
दोस्रो दिन तथा वैशाख २६ गते चोकचोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने र तेस्रो दिन बैशाख २७ गते ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस्ने, मास्क वितरण गर्ने, हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण दिने ट्राफिक प्रमुख निउरेले बताउनुभयो ।
ट्राफिक सप्ताहको चौथो दिन तथा बैशाख २८ गते चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाइ पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।
ट्राफिक सप्ताहको पाँचौं दिन तथा बैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण त्यस्तै छैठौं दिन तथा बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिनुभयो ।
बागलुङ जिल्लामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सामुदायिक विद्यालय, निजी विद्यालयमा ट्राफिक सचेतना मुलक अन्तरक्रिया, ठूलो सवारीसाधन चलाउने चालक सहचालक मोटरसाइकल चलाउने चालकलाई परिक्षण सडकमा यात्रा गर्ने यात्रुलाई प्रशिक्षण दिइएपछि जिल्लामा सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ जिल्लामा रहेको सामाजिक संघसंस्था, विभिन्न धार्मिक संघसंस्था, आमा समूह लगायतका संस्थासंग सहकार्य गरेर सप्ताहव्यापी कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना रहेको छ । ट्राफिक सप्ताहका पूर्व सन्ध्यामा जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले कार्यक्रमलाई आ–आफ्नो स्थानबाट भव्य बनाउन लाग्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दुर्घटना न्यूनिकरणका लागि सवारी चालक, यात्रु र आम नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै सबै जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।