बागलुङ । जैमिनी नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउन उद्यमशिल तालिम सञ्चालन गरिरहेको छ । स्थानीयतहमा रहेका कच्चापदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सिपमुलक तालिम सञ्चालन गर्दै आईरहेको छ ।
सोहीक्रममा जैमिनीनगरपालिका वडा न ३ दमेकले बैशाख१८ गते देखी सुरु गरेको७ दिने तालिममा आलु चिप्स,दालमोठ,भुजिया,फुरनदाना, नमकिन ,चना र फराई चिउरा बनाउने तालिम सम्पन्न गरेको छ ।
तालिममा जैमिनी नगरपालिका वडा न ३ दमेकका २८ जना सकृय महिलाहरुको सहभागि रहेको थियो
‘उद्योग गरौँ उद्यमशिल संस्कारको बिकास गरौँ’ भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत तालिमको शुरुवात गरिएको हो ।
तालिम समापनका अवसरमा बोल्दै जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनले उद्यमसिलताको बिकासका लागि जैमिनी नगरपालिकाले लगानी गर्ने बताए । कृषिजन्य बस्तुको उत्पादन, बजारिकरण र प्रबर्धन गर्नकालागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले तालिमबाट सिकेको सिपलाई व्यवहारमालागु गर्नुपर्नेमा जोड दिए ।
स्थानीय श्रोत र साधनको परिचालन गरी रोजगारी सृजनागर्ने तथा कृषकहरुलाई आत्मनिर्भर गराई आम्दानीको श्रोत बढाउनका लागि सबै सरोकारवालासँग सहकार्य गर्ने वडा नम्वर ३ काअध्यक्ष कृष्ण भुजेलले बताए ।
तलिममा सहभागिले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । प्रशिक्षक शारदा नापित, जनप्रतिनिधि हिरा गुरुङ, रुद्रताल सामाजिक उद्यमीमहिला सहकारीका खअध्यक्ष चित्रकलि छन्त्याल,वडा सचिव सिमाना छन्त्याल पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जैमिनी नगरपालिका वडा न ३ दमेकका वडा नम्वर ३ का अध्यक्ष कृष्ण भुजेलको अध्यक्षता, तालिमका सहभागी लालमाया बि।कको स्वागत मन्तव्य र रुद्रताल सामाजिक उद्यमीमहिला सहकारीका शेयर सदस्य इन्दिरा पुनको संचालनमा सम्पन्न भएको थियो।