बागलुङ । मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय गण्डकीको आयोजना र सुशासनका लागि नागरिक समाजको सहजीकरणमा यातायात व्यवस्था कार्यालयको बागलुङ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । यातायात कार्यालय बागलुङले दिने सेवा सुविधामा छिटो र छरितो बनाउन सरोकारवालाले सुझाव दिएका छन ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय यातायात व्यवस्था कार्यालय बागलुङले प्रदान गर्ने सेवा सुविधा व्यवस्थित बन्दै गएको भएपनि सेवालाई थप छिटो छरितो बनाउन सरोकारवालाले सुझाव दिएका हुन् ।
साविक धौलागिरिका ४ जिल्ला हेर्ने कार्यालयले सेवालाई थप व्यवस्थित र छिटो छरितो बनाउन आवश्यक रहेकोमा जोड दिदै सरोकारवालाहरुले यो वा त्यो वाहानामा टाढाबाट आउने सेवाग्राहीले समस्या भोग्न नपर्ने गरि सेवा प्रदान गर्न आग्रह गरेका थिए ।
यातायात व्यवस्था कार्यालयले गरेका कामको वारेमा चर्चा गर्दै सहभागी सरोकारवालाहरुले समयमा लाइसेन्स आउन नसक्नु, बिचौलीयाको समस्या, मेडिकल शुल्कमा भएको समस्या, २ बजे नै राजस्व बन्द हुँदा भएका समस्या लगाएतका बिषयमा सचेत गराएका थिए । उनिहरुले कर्मचारीको अभावका कारण सेवा लिन असहज भएको, सरभर डाउन भएर समयमा काम हुन नसकेको गुनासो गरेका थिए ।
कार्यालयले आर्थिक बर्ष २०७९९०८० मा गरेको कार्यको जानकारी दिदै कार्यालय प्रमुख गोमादेवि शर्माले सरोकारवाला र सेवाग्राहीबाट आएका गुनासालाई सम्वोधन गर्नका लागि निरन्तर लागि रहने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोमादेवि शर्माको अध्यक्षता, सुशासनका लागि नागरिक समाजका कार्यवहाक अध्यक्ष सिरोजबिजय कोइरालाको स्वागत र समाजका सचिव भानु पराजुलीको सहजीकरणमा सम्पन्न भएको थियो ।