बागलुङ । आज देखि जेठ ४ गते सम्मका लागि बागलुङ बेनी सडक खण्ड बन्द हुने भएको छ । बिहान १० बजे देखि बेलुका ४ बजे सम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एबम् सुचना अधिकारी चित्राङ्गत बराल द्वारा जारी सुचनामा सडक डिभिजन कार्यालय बागलुङले उक्त सडक खण्ड अन्तरगत पर्ने पाङग्रे खोलामा सडक बिस्तार तथा मर्मत कार्य भईरहेकोले सडक खण्ड बन्द हुने जनाइएको छ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।उक्त सडक १४ किलोमिटर रहेको छ ।
बागलुङ बेनी सडक बन्द भएको समयमा माल्ढुङा बेनी प्रयोग गर्न सकिने छ ।