Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पार्कका रुख काटेर दुई सयबढी देशका झण्डा !

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । प्रदुषणले बागलुङ बजार उकुसमुकुस छ । घनाबस्तीका कारण बजारभित्र सास फेर्न विचरण गर्ने खुल्ला ठाउँ नै छैन् । बजार भित्रको विरेन्द्र ऐश्वर्य (उद्यान) पार्कको नामले परिचित समीक्षालय पार्क मात्रै हो बजारबासीले खुल्ला ठाउँमा सास फर्ने ठाउँ । त्यही पार्क अहिले नगरले काम देखाउने ठाउँ बनेको छ । जसका कारण छहारी खोजेर पार्क पुग्नेहरुले छहारीको महसुस गर्न पाउने छैनन् ।

बागलुङ नगरपालिकाले पार्कमा भएका रुख मासेर झण्डा फहराएको छ । त्यो पनि दुई सय बढी देशका झण्डा । झण्डा फहराउनकै लागि पार्कका रुख मुण्डन गरेर कुरुप बनाईएको छ । वर, पिपल र स्वामीजस्ता रुखहरु मुण्डन गरेपछि सबै रुख मरेको ज्वलन्त उदाहरण धौलागिरी अस्पताल बागलुङमा छ । त्यसैगरी मासिएका विरेन्द्र ऐश्वर्य पार्क भित्रका रुखमा फेरी पालुवा पलाउँला वा नपलाउँला तर बजारबासीको छहरी मासिएकोमा भने दुई मत नभएको बताउँछन् उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेल ।

‘स्थानीय सरकारले जनताको आवश्यकता के हो भनेर योजना बनाउनु पर्ने हो तर यहाँको नेतृत्वत कस्मेटिक बढी भयो’ कँडेलले भने ‘काठमाण्डौंमा बालेनले सडकपेटी खाली गर्दा बागलुङमा डोजर चलाउने, पोखरामा धनराजले झण्डा राखेको सुनेपछि त्यसैको कपी गर्ने काम भैरहेको छ ।’ ज्येष्ठ नागरिक र बटुवा सुस्ताउने तथा बालबालिका रमाउने पार्क नै मासिने गरी भएका क्रियाकलाप बजारबासीका लागि दुर्भाग्य भएको उनले बताए ।

बागलुङ बजार क्षेत्रमा महामारी र विपत्को समयमा घरबाहिर निस्केर सर्वसाधारण बच्ने खुल्ला ठाउँ नभएकोमा सरोकारवाला चिन्ता व्यक्त गर्छन् । भएका खुल्ला ठाउँहरु समेत देखाउनकै लागि गरिएका क्रियाकलापले मासिनु दुर्भाग्य हो भन्छन् कँडेल । ‘धौलागिरी क्याम्पस खुल्ला थियो, अनावश्यक व्यवसायीक भवन बनाएर प्राङ्गण माँसिदा कतै खुल्ला ठाउँ छैन्, समस्या नआउने बेलासम्म ठिकै छ, भुईंचालो आयो भने बल्ल थाहा हुन्छ’ कँडेल भन्छन् ‘खुल्ला ठाउँ खोज्न लाग्नुपर्नेहरु भएका मास्न कस्सिनु राम्रो होईन् ।’

समिक्षालय पार्कलाई हराभरा बनाउन स्थानीयले पनि रुख रोपेर प्रयास गर्ने गरेका थिए । ‘अघिल्लो वर्ष नगरका हाकिमसँग अनुमती लिएर मैले नै पार्कमा नौ वटा बिरुवा रोपेको अहिले पुराना रुख पनि काटेछन्’ स्थानीय सञ्जय कुमार श्रेष्ठले भने ‘पार्क बनाउँदा रुख जोगाउने कुरामा ध्यान दिनु पर्दथ्र्यो ।’ २०६२/०६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मुर्ति ढालेपछि यो पार्क चरम बेथितीको रुपमा सिमित थियो । ९६ लाख रुपैयाँ खर्चेर मर्मत गरिएको पार्कका रुख अघिल्लो कार्यकालमा नै नगरले काट्न खोजेपछि सर्वसाधारणको विरोधपछि रोकिएको थियो ।

पार्कका रुखमा मासेर झण्डा फहराउने विषयमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले भने पार्कलाई थप आर्कषक बनाउने प्रयास भएको बताउँछन् । रुख मास्नका लागि नभई गोलाकारमा मुना आउने गरी मुण्डन गरिएको उनको प्रतिक्रिया थियो । पातहरुका कारण पार्क फोहोर हुने र झण्डा समेत नदेखिने भएकाले पार्कका रुख मुण्डन गरिएको श्रेष्ठले बताए । आगामी जेठ ६ गते आफु पदबहाली भएको दिन पारेर पार्कमा राखिएका झण्डाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । पार्कका रुख मासेको र झण्डा राखेको बिषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ ।

डिभिजन वन कार्यालयले रुख जरैबाट नकाटेकाले त्यसलाई रोक्ने आफ्नो अधिकार क्षेत्र नभएको बताएको छ । कसैको निवेदन नपरेकाले हाँगाबिँगा मात्रै काट्दा कानून विपरित नहुने डिभिजन वन अधिकृत सरोज पन्थीले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com