बागलुङ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल बाँके सरुवा भइ जानु हुने भएको छ भने नेत्र प्रसाद सुवेदी आउनु हुने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव सुवेदीको प्रमुख जिल्ला अधिकारीको रूपमा बागलुङमा पदस्थापन गरिएको छ ।
बागलुङको प्रमुख जिल्ला अधिकारीमा आउन लाग्नु भएका सुवेदी केही वर्ष पहिले कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा प्रमुख कोष नियन्त्रकको रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो। ।