Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ छ को मृत्युबारे छिटो तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न महिला संघको माग

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ । परिवर्तित नाम बागलुङ छ को रहस्यमय मृत्युको बारेमा छिटो सत्यतथ्य बाहिर ल्याउन नेपाल महिला संघ बागलुङले माग गरेको छ । नेपाल महिला संघ बागलुङले मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै नाबालिक मृत्युको रहस्यमय घटनाको छिटो सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही हुने वाताबरण सिर्जना गर्न माग गरेको हो । महिला संघले नाबालिकको रहस्यमय मृत्युको घटनाले नेपाल महिला संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै हप्ता दिन बितिसक्दा पनि उनको रहस्यमय मृत्युको बारेमा कुनै तथ्य बाहिर नआएकाले प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ ।

नेपाल महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा एउटा छोरी चेलीको दर्दनाक र रहस्यमय मृत्युले फेरी एक पटक महिला माथिको हिंसा, चरम यातना र पीडालाई पुनरावृत्र् िगराएको भन्दै घटनामा तत्काल अपनाउनुपर्ने सावधानी, अनुसन्धान र न्याय सम्पादनमा देखिएको ढिलासुस्तीका कारण पीडित पक्ष र सिंगो बागलुङ न्यायका लागि आन्दोलित हुनु परेको भन्दै पीडित पक्षको न्यायका लागि कानुनी कारबाहीको न्यायिक प्रक्रिया र सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुने दिशामा सम्बन्धित पक्ष थप विश्वसनिय देखिनु आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

घटनाको उच्चस्तरीय छानबिन टोलीबाट निस्पक्ष छानबिन गरी सत्यतथ्य व्यहोरा पीडितलाई जानकारी गराउँदै दोषीलाई हदैसम्मको कारबाही गर्नका लागि ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले घटनाका आरोपीह? पक्राउ परिसकेको र अनुसन्धान प्रक्रिया अगाडि बढेका जानकारी गराए । उनले मृतकले लेखेको सुसाईट नोटको ल्याब परिक्षणका लागि पठाएको तथा भिसेरा परीक्षणका लागि पनि पठाएकाले घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने विषयमा प्रशासन गम्भीर रहेको र प्रहरीलाई त्यही अनुसार निर्देशन गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com