Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एक हप्तापछि उठ्यो बालिकाको शव

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ । गत जेठ २ गते मृत्यु भएकी काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार एक हप्तापछि उठाईएको छ ।बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले नाै दिनमा शव बुझेको हो ।

आन्दोलनरत पक्ष र जिल्ला प्रहरी कार्यालयबीच घटनाको अनुसन्धान निश्पक्ष रुपमा गर्ने, कसैको प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउने सहमति पछि परिवारले शव बुझेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । घटनाको निस्पक्ष छानविन र कारवाही हुनेमा शंका व्यक्त गर्दै बालिकाको परिवार नेतृत्वमा सरोकारवालाले विरोध प्रदर्शन गर्दै आएका थिए ।

पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेसम्म शव बुझ्न अस्वीकार गरेको बालिकाको माइती पक्ष र प्रहरीबीच बुधबार सहमति भएपछि उनको शव दाहसंस्कार गरिएको हो । उनको निरयघाटमा जनप्रतिनिधि र प्रहरीको उपस्थितीमा दाहसंस्कार गरिएको हो ।

बागलुङ नगरपालिका १० माइतीघर भएकी उनको केही समय अघि काठेखोला गाउँपालिका १ का १७ बर्षिया बालकसँग प्रेम बिबाह भएको थियो । जेठ दुई गते घरमा झुण्डिएको भन्दै उनका श्रीमान र सासुले पासो काटेर धौलागिरी अस्पताल पुर्याएका थिए ।

अस्पताल पुग्दा उनको मृत्यु भैसकेको थियो । माइती पक्षले घटना शंकास्पद भन्दै किटानी जाहेरी दिँदा केही ढिलागरी जाहेरी दर्ता हुनु, अस्पतालमा समयमा पोष्टमार्टम नहुने लगायतका कारण परिवारले निष्पक्ष अनुसन्धानमा आशंका गरेका थिए ।

घटनाको छानविनका लागि प्रहरीले बालिकाका श्रीमान, सासु, नन्द र जेठा ससुरालाई नियन्त्रणमा लिईसकेको छ । धौलागिरी अस्पतालको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा झुण्डिएको उल्लेख छ । त्यस बिषयमा भिसेरा रिपोर्टले मात्रै प्रष्ट पार्ने कँडेल बताउँछन् । प्रहरीले बालिकाको कोठाबाट सुसाईट नोट समेत फेला पारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com