बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा प्रविधिमैत्री पत्रकारिता तालिम सुरु भएको छ ।
बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा जिल्लामा क्रियाशिल पत्रकारहरुको लागि प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दे बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आजको युग सूचना प्रविधिको युग भएकोले पत्रकारहरु यो विषयमा झन अब्बल हुनु पर्ने बताउनु भयो ।
तालिमले पत्रकारको क्षमता विकास भयो भने उनीहरुको आर्थिक जिवनमा ठूलो परिर्वत आउने श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले अनलाइन मिडिया सञ्चालन गर्ने सञ्चालक र पत्रकारले सूचना प्रविधिको विषयमा जानकार भएमा धेरै समस्या भोग्नु नपर्ने बताउनु भयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, सहसचिव तारानाथ आचार्यको स्वागत र सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा ३२ जनाको सहभागिता रहेको छ । तालिम १७ गतेसम्म सञ्चालन हुनेछ ।