बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ ।
जेठ १७ गते बागलुङ बजारमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगर कमिटीका पदाधिकारी र सदस्यलाई बैठकमा प्रमाण पत्र हस्तान्तरण गर्नुका साथै सपथ ग्रहण गराइएको हो ।
प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज इन्द्रलाल सापकोटाले बागलुङमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न नगर र वडा कमिटीको महत्वपूर्ण भूमिका हुने बताउनु भएको थियो ।
उहाँले एमालेका निष्ठावान कार्यकर्तालाई पनि पार्टीका वडा कमिटीहरुमा समावेश गर्नु पर्नेमा जोड दिनुभयो । पार्टीलाई बालियो बनाउँन जग बलियो हुनुपर्ने भन्दै सापकोटाले पार्टीको जग कार्यकर्ता भएको बताउनु भयो । कार्यकर्तालाई पार्टीका हरेक गतिविधिमा समावेश गर्नुपर्ने उहाँको भनाई थियो ।
पदभार कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य गीता शर्मा र नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
पदभार तथा पहिलो बैठक बागलुङ नगर कमिटीका नवनिर्वाचित अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष रुद्र केसीको स्वागत र सचिव ध्रुव श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
