Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकी प्रदेशमा आज सरकारको विश्वास परीक्षण

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदै छन् । तर, आइतबार रातिसम्म उनले विश्वासको मत पाउने आधार देखिएको छैन । पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ९५० अनुसार नयाँ सरकार गठनको बाटो खुला हुनेछ ।
संविधानको धारा १६८ को उपधारा ९३० अनुसार १६ जेठमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिन शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेका थिए । विश्वासको मत पाउने–नपाउने टुंगो नहँुदै पाण्डेले मंगलबार नीति तथा कार्यक्रम पेस गर्न प्रदेश सभा सचिवालयमा आइतबार पत्र पठाएका छन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । तर, अंकगणित भने सरकारको अनुकूल छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०लाई आफ्नो पोल्टामा पारे पनि उससँग बहुमत पुग्दैन । पाण्डेलाई बहुमत पुर्‍याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ ।
यसैलाई आधार मानेर मुख्यमन्त्री पाण्डेले प्रमुख प्रतिपक्ष दल एमालेलाई पत्र पठाएका छन् । पाण्डेले आइतबार एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई पत्र लेखेर विश्वासको मतमा समर्थन जनाइदिन आग्रह गरेका हुन् । पाण्डेले लेखेको पत्र आइतबारै कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमाले प्रमुख सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका थिए ।
‘स्थायित्व र जनआकांक्षाअनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ । राजनीतिक दलहरूबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री पाण्डेले लेखेको पत्रमा छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाउन एमाले र माओवादीबाहेक गण्डकी प्रदेश सभामा रहेका दललाई पत्राचार गरेका थिए । प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको कांग्रेसको पत्रमा छ ।
अर्कोतर्फ एमाले–माओवादी गठबन्धनसँग पनि बहुमत छैन । एमालेसँग उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ र एक सिट एकीकृत समाजवादी गरी ३१ सिट छ । सभामुखले विश्वासको मत दिन नपाउने र ३० मतलाई बहुमत मान्दा एमाले नेता अधिकारी नेतृत्वको सरकार ढलेको थियो । यस अवस्थामा गठबन्धनलाई दुई सिट रहेको राप्रपाको साथ चाहिन्छ । तर, राप्रपा पर्ख र हेरको नीतिमा छ ।
पाण्डेले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ९५० अनुसार मुख्यमन्त्री नियुक्त हुने कानुनी व्यवस्था छ । यसमा आफूसँग प्रदेश सभामा विश्वास रहेको आधार देखाउने कोही सदस्य मुख्यमन्त्रीमा नियुक्त हुन सक्छ । १६८ ९५० अनुसार नियुक्त मुख्यमन्त्रीले समेत ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यदि लिन असफल भए मध्यावधि निर्वाचनमा प्रदेश धकेलिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com