बागलुङ, २ असार । असल विद्यार्थी नामक शत फिल्मको शुभारम्भ गर्दै छायाङ्कन सुरु गरिएको छ । आइतबार गुराँस विद्या सदन विद्यालय बाट फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो ।
’सायरा इन्टरटेनमेन्ट र गुराँस विद्या सदनको सहकार्यमा हुने फिल्मका निर्देशक तथा कथा लेखक दिलीप प्रतेलले जानकारी दिनुभयो । समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म नितान्त रुपमा विद्यार्थी सचेतना सम्बन्धी रहेको निर्देशक प्रतेलले बताउनुभयो ।
फिल्ममा सिम्रन छेत्री, बिनोद प्रतिक, आरुशी पाण्डे, होसन्ना वि क, इस्पर्श परियार, शाहिल खत्री,मोनालिसा नेपाली, लक्ष्मि बराइली लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म छायाङ्कन दिनेश जि. सीले गर्नुभएको छ भने फिल्म आगामी हप्ता ’सायरा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत प्रदर्शन गर्ने निर्देशक प्रतेलले जानकारी दिनुभयो ।