Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न शुरु

  • १२ महिना अगाडि

पर्वत , ६ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्ने मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न शुरु गरिएको छ । निर्माण सामग्रीको अभाव लगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले अलपत्र पार्दै आएको सडक चार वर्षपछि कालोपत्र गर्न शुरु भएको हो ।१३ किलोमिटर लामो मालढुंगा-बेनी सडक अन्तर्गत अहिले मालढुंगा देखि फर्सेसम्म कालोपत्र गरिने भएको छ ।

मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस विच्छ्याउने, लोडरले अठ्याउने काम भैरहेको कालीगण्डकी कोरिडोर मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ ।

जलजला गाउँपालिका वडा नं. ८ फर्सेवाट मालढुंगातर्फ पिच गर्दै जाने तयारी भएको आयोजनाका साईड इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिए । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि झण्डै सात किलोमिटर बाँकी रहने छ । भौगोलिक रुपमा कमजोर रहेको दुई किलोमिटर सडक भने पहिलेनै ढलान गरिसकिएको इन्जिनियर पन्तले जानकारी दिए ।

कालोपत्र गर्नका लागि मालढुंगा-बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिवारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन संचालन गर्न रोक लगाएर धमाधम कालोपत्र गर्न लागिएको निर्माण कम्पनी एपेक्स-खड्का-कृष्ण जेभीका प्रतिनिधि नरबहादुर खत्रीले जानकारी दिए ।

कालोपत्र गर्ने अवधिमा अत्यावश्यक सवारीका साधन भने संचालन गर्न दिने सहमति भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको बैठकमा सडक कालोपत्रे गर्ने अवधिमा एम्वुलेन्स, स्कुलबस, दुध तथा तरकारीका गाडीहरुलाई भने निर्वाध चल्न दिईने निणर्य भएको हो । उक्त अवधिमा बागलुङतर्फको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com