काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री थिए । दुबैजनाले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन्।
कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति भएर प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै अन्य दलका मन्त्रीहरुले समेत राजीनामा बुझाइरहेका छन्। अल्पमतमा परेका प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरेका छन्।