बागलुङ । कालिण्डकी करिडोरको बागलुङ–पाल्पा खण्डमा खसेका पहिरोका कारण सडक ठप्प भएको छ । करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बरलवाको भीरमा भीषण पहिरो खसेको छ ।
हिउँदमासमेत सुख्खा पहिरो झरिरहने उक्त भीरमा बर्षासँगै पहिरो खस्न थालेको इज्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । शुक्रबार बिहानदेखि खसेको पहिरो नरोकिँदा पहिरो पन्छाउन समेत सकिएको छैन् । करिडोर अन्तर्गत बागलुङको जैमिनी नगरपालिका, ५ बिनामारेमा पनि पहिरो खसेको छ । सडक माथीबाट निरन्तर बगिरहेको पहिरोका कारण सडक अबरुद्ध रहेको प्रहरी उपरीक्षक बिजय यादवले बताए ।
बागलुङ नगरपालिका, १० को दव्ल्याङमा शुक्रबार राती पहिरो खसेको छ । सडकनै पहिरोले बगाउँदा जिल्लाको दक्षिण क्षेत्रमा चल्ने सवारीसाधन चलेका छैनन् । करिडोरको पहिरोका कारण सडक रोकिँदा बागलुङदेखि बुटवल भैरहवा र भैरहवादेखि बागलुङका लागि कुनै पनि सवारी साधन चल्न नसकेको यादवले बताए ।