बागलुङ ,२३ असार । निरन्तर परेको अविरल वर्षाका कारण बागलुङका २ सडक अवरुद्द भएका छन् ।राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरोध भएका हुन । कालिगण्डकी करिडोर बागलुङ खण्ड अन्तरगत विभिन्न ठाउँमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकf] छ ।
करिडोरको बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोमा सडक बगाएको छ भने जैमिनी नगरपालिका १ को जैमिनीघाट नजिकै पनि सडक अवरोध भएको छ । त्यसैगरी जैमिनी नगरपालिका—८ मा रहेको रादीखोला र वडा नं. ५ मा पर्ने विनामारेमा पनि माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी ।
पहिरोका कारण दक्षिण बागलुङको सिधा यातायात ठप्प भएको छ । पहिरोकै कारण मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका— ११ रिघामा सडक अवरुद्ध भएको छ । बानपा १० दब्ल्याङमा गएको पहिरोका कारण मालढुंगा, बलेवा कुश्मिसेरा बरेङ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । शनिबार नै बागलुङ नगरपालिका—१३ पैयुँपाटा घडेरीमा गएको पहिरोले भैरवस्थान मन्दिर जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरोका कारण दक्षिण बागलुङको सिधा यातायात ठप्प भएको छ । पहिरोकै कारण मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका— ११ रिघामा सडक अवरुद्ध भएको छ । बानपा १० दब्ल्याङमा गएको पहिरोका कारण मालढुंगा, बलेवा कुश्मिसेरा बरेङ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । शनिबार नै बागलुङ नगरपालिका—१३ पैयुँपाटा घडेरीमा गएको पहिरोले भैरवस्थान मन्दिर जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार देखी परेको निरन्तर वर्षाका कारण बागलुङका अधिकाशं ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन । जैमिनी नगरपालिकाको केन्द्रबाट वडा तहमा जाने अधिकाशं सडकहरु अवरुद्ध छन भने बागलुङको काठेखोला गाउँपालिकाको लेखानी जाने सडक र गलकोट देखी ताराखोला जाने सडक अवरुद्ध भएको छ । ।