पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीमा दोविल्ला–फलेवास सडक खण्डमा पर्ने चिन्ने खोलाले स्कुटर बगाएको छ ।
खोला तर्ने क्रममा ग ७७ प २७११ नम्बरको स्कुटर बगाएको पत्रकार राजन पौडेलले उल्लेख गरेका छन् । कुश्माको साइकलचोक हुँदै पोखरा जान लागेको स्कुटर खोलाले बगाएको हो ।
खोलाले छबिलाल पौडेलको स्कुटर बिहान ७ः३० बजेको समयमा बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
निरन्तरको बर्षात पछि खहरे खोलाको रुपमा रहेको चिम्ने खोला बढेको छ । दोविल्ला फलेवास सडक खण्डमा पर्ने उक्त खहरे खोला बर्षातको समयमा उर्लेर आउने गर्दछ । parbatnews