Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पहिरोको कारण मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अवरुद्द

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ ,२६ असार । अविरल वर्षाका कारण सडक माथिबाट आएको लेदो सहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अवरुद्द  भएको छ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी झाँक्रीस्थानमा सडक माथिदेखि पहिरो खस्दा अवरुद्ध भएको हो ।

सडकमा लेदोसहितको पहिरो आउँदा गए रातीदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । पहिरो हटाएर सडक खुलाउने प्रयास गरिए पनि केही समय लाग्ने यादवले बताए ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङसहित पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटदेखि पोखरा काठमाडौँ जाने यातायातका साधन ठप्प भएका छन । पहिरोकै कारण काठामाडौँदेखि आएका रात्री बससमेत रोकिदा यात्रु अलपत्र परेको सूचना अधिकारी यादवले  दिए । वर्षा निरन्तर भएका कारण सडक सुचारु गर्न कठिनाई भएको छ ।
पहिरोकै कारण कालिगण्डकी करिडोर पनि ५ दिन देखी अवरुद्ध भएको छ । बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङको पहिरोका कारण करिडोर सँगै दक्षिण बागलुङ जोड्ने अन्य सडक पनि अवरुद्ध भएका छ । पहिरोले करिडोरको सवै सडक बगाएको कारण ज्ञाविन जाली लगाएर सडक सुचारु गर्न खोलिएको तर पुन वर्षाका कारण कठिनाई भएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com