बागलुङ, २६ असार । परिसूचन साप्तहिक पत्रीकाको दशौ वर्ष पार गरी एघारौ वर्षमा प्रवेश गरेको अवसरमा बागलुङमा रहेको कालिका कन्या मन्दिर माविका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
२०७१ साल असार २६ गते प्रकाशन शुरु गरेको लेखन नेपाल प्रालिद्धारा प्रकाशित पत्रिकाले आफनो स्थापना दिवसको अवसर पारेर शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । ४ जना बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको पत्रिकाका कार्यकारी सम्पादक विजय रानाले जानकारी दिनुभयो ।
पत्रिकाले बागलुङ नगरपालिका–३ स्थित कालिका कन्या मन्दिर माविमा कक्षा २ मा अध्यनरत छात्रा सृष्टि रसाइली, कक्षा ४ मा अध्यनरत छात्रा सनम नेपाली, कक्षा ५ मा अध्यनरत एलीसा तुलाचन र कक्षा ९ मा अध्यनरत छात्रा एरिना लामालाई शैक्षिक सामाग्री बितरण गरिएको रानाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले देशको बर्तमान परिस्थितीले पत्रकारीता र पत्रकारहरुलाई पनि काम गर्न असहज भएकोभन्दै पछिल्लो समय पत्रकारीता क्षेत्रमा पनि बिभिन्न प्रकारको हस्तक्षेप हुन थालेकाले सचेत भएर काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष खेमराज गौतम सुवास, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्त र बिद्यालयका शिक्षक बिरबहादुर किसानले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम परिसूचन साप्ताहिक पत्रिकाका सम्पादक ताराप्रसाद शर्माको अध्यक्षता, कार्यकारी सम्पादक बिजय रानाको स्वागत र नवराज नेपालीको संचालनमा सम्पन्न भएको थियो ।