बागलुङ । हलगोरु पालेर स्वरोजगार बनेका किसानलाई बागलुङ नगरपालिकाले ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । आर्थिक बर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा समावेश भएपछि नगरपालिकाले किसानको सूचीकरण बनाएको थियो ।
अनुदानका लागि सार्वजनिक सूचना प्रकाशित गरेर छनोटमा परेका ८१ जना किसानलाई ५ हजार रुपैयाँको दरले अनुदान दिएको पशु विकास शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए । अनुदान दिने निर्णय गरेपछि गोरु खरिद गरेकाहरु भने यो सूचिमा समावेश भएका छैनन् ।
‘बर्षौदेखि हलगोरु पालेर आप्नो खेतबारी खनजोत गरेका र छिमेकीलाई पनि साथ दिएर रोजगारीमा लागेकाहरु अनुदानको योग्य भएका हुन्,’ सापकोटाले भने, ‘छुटेका किसान भए पनि खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्नेछौं ।’ पहिलो चरणमा हलगोरु पालेर आत्मनिर्भर भएकाहरुलाई अनुदान दिइएको हो ।
एउटा गोरु पाल्ने वा नियमित कृषि पेशा अंगालेका किसानलाईपनि क्रमश अनुदान र प्रोत्साहनका कार्यक्रममा जोड्दै लैजाने नीति बनाएको उनले बताए । नगरपालिकाको आर्थिक बिकास समितिका संयोजक नारायण शर्मा पौडेल संयोजकत्वमा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रम ल्याउन सुझाव दिएपछि नगरको नीति तथा कार्यक्रममा राखिएको थियो ।
पछिल्लो समय मिनिट्रिलर राखेर खेती गर्ने बढेका छन् । जसका कारण गोरु पाल्ने चलन हुन लागेपछि यो कार्यविधि ल्याइएको हो । किसानलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ । तरकारी, दूधलगायतका उत्पादन बजारमा बिक्री गरेको तथ्यांकको आधारमा प्रति लिटर, प्रतिकेजी अनुदान दिने व्यवस्था पनि लागू भएको हो । बर्षभरीको हिसाब गरेर किसानलाई नगदमै अनुदान दिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।