बागलुङ, ४ साउन । निदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरी एकीकृत् ग्रामिण विकास केन्द्र बागलुङको सहयोगमा विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङमा ब्रस यट द स्कुल कार्यक्रम संचालन भएको छ । कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सनि केसि (लक्ष्मण)ले गर्नु भएको थियो । कार्यक्रममा केसीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको हो ।
धौलागिरी एकीकृत् ग्रामिण विकास केन्द्र बागलुङका हेल्थ असिस्टेन्ट चन्दन शर्मा र विद्यामन्दिर माध्यामिक विध्यालयका स्टाफ नर्स सविता ज्ञावलीले टुथपेष्ट र ब्रसको प्रयोग तथा दाँत र मुखको सरसफाईको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
विद्यालयको नर्सरी देखि कक्षा १२ सम्मका करिव १३)) सय भन्दा बढी विद्यार्थीहरूलाई टुथपेष्ट र ब्रस वितरण गरिएको थियो भने कक्षा द्द सम्मका विद्यार्थीहरुलाई दैनिक रुपमा विद्यालयमा नै दाँत र मुखको सरसफाई गर्नका लागि व्यवस्था मिलाइएको छ।
विद्यार्थिहरुलाई वर्ष भरी आवश्यक पर्ने टुथ पेष्ट र ब्रस धौलागिरी एकीकृत् ग्रामिण विकास केन्द्र बागलुङले उपलब्ध गराउने र कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता हुने कुरा धौलागिरी एकीकृत् ग्रामिण विकास केन्द्र बागलुङका परियोजना व्यवस्थापक शालिग्राम शर्मा आचार्यले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्य र बागलुङनगरपालिका ३ का वडा सदस्य नगेन्द्र बहादुर केसिले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थिया
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यपक छविरमण शर्मा रेग्मी, स्वागत मन्तव्य विद्यालय नर्स सविता ज्ञावली र कार्यक्रमको संचालन विद्यालयका शिक्षक थानेन्द्र गौतमले गर्नु भएको थियो ।