बागलुङ । रोटरी क्लव अफ बागलुङको १९ औ पदस्थापन कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ बागलुङको बर्ष २०२३/०२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेको कार्यकाल सकिएपछि बर्ष २०२४/०२५ का अध्यक्ष रामकृष्ण शर्माले पदभार ग्रहण गर्नु भएको हो ।
शर्मालाई घिमिरे लगाएत पूर्व अध्यक्षहरुले पदस्थापन गराउनु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी डिस्ट्रीक ३२९२ बर्ष २०२४/०२५ का डिस्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले रोटरीको अभियानलाई सफल पार्नका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रोटरी डिस्ट्रीक ३२९२ बर्ष २०२४/०२५ जोन २१ का एसिस्टेन गर्भनर गणेश पौडेलले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । रोटरीले प्रत्येक बर्ष प्रकाश गर्दै आएको अपर्ण बिमोचन सहित भएको कार्यक्रममा रोटरी बर्ष २०२३/२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेले बर्षभरी गरेका कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम रोटरी बर्ष २०२४÷०२५ का अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षता, आगामी अध्यक्ष नारायण गौतमको स्वागत र सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।