Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकी प्रदेशमा बाढी पहिरोबाट ५ वर्षमा २४६ ले ज्यान गुमाए

  • ११ महिना अगाडि

पोखरा । पछिल्लो ५ वर्षमा गण्डकी प्रदेशमा बाढीपहिरोलगायत विभिन्न विपद्का घटनामा परी ३ सय २३ जनाले ज्यान गुमाएका छन । यसैगरी ३ सय ८५ जना घाइते भएका छन भने ३० जना बेपत्ता बनेका छन । यो अवधिमा अनुमानित १ अर्ब ८२ करोड ७२ लाख ५९ हजार २ सय मुल्य बराबरको भौतिक क्षति हुन पुगको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी बाढी पहिरोको कारण यो ५ वर्षमा २ सय ४६ जनाले ज्यान गुमाएका छन । आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ को अवधिमा भएको मानवीय क्षती हो । उक्त अवधिमा बाढी पहिरोमा परी ३० जना बेपत्ता भएका छन भने २ सय १३ जना घाइते भएका छन । यसैगरी यो ५ वर्षको अवधिमा चट्याङबाट ३९ जनाको मृत्यु भएको छ भने १ सय २५ जना घाइते भएका छन । साथै आगोलागीबाट १९ ले ज्यान गुमाएका छन भने ४३ घाईते भएका छन । हावाहुरीबाट मर्नेको संख्या २ छ भने ४ जना घाइते भएका छन । लेक लागेर १७ को मृत्यु भएको छ ।

तथ्यांक अनुसार आब २०७६/०७७ मा बाढीपहिरोबाट ८५ र चट्याङबाट ९ जना गरी ९४ जनाले ज्यान गुमाए । यसैगरी बाढीपहिरोमा परेर १० बेपत्ता, ७३ घाईते, चट्याङबाट ३९ जना घाइते भए । यो वर्ष ४८ करोड २९ लाख ३१ हजार २ सय बराबरको अनुमानित भौतिक क्षति हुन पुगेको छ ।  त्यस्तै आव २०७७/०७८ बाढीपहिरोबाट ७९ र चट्याङबाट १० को मृत्यु हुन पुग्यो भने २० जना बाढीपहिरोमा परेर बेपत्ता भए । बाढीपहिरोमा ७१ र चट्याङबाट २३ घाइते हुन पुगे भने ४६ करोड १५ लाख ९३ हजार मुल्य बराबरको भौतिक क्षति भयो । आव २०७८/०७९ बाढी पहिरोबाट २७ र चट्याङबाट १० जनाले ज्यान गुमाए । बाढीपहिरोमा २२ र चट्याङबाट २७ जना घाइते भए । यो वर्ष अनुमानित क्षती १२ करोड ६१ लाख ५८ हजार ५ सय हुन पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।

आव २०७९/०८० मा बाढी पहिरोबाट १३ र चट्याङबाट ६ जनाको मृत्यु भयो भने बाढीपहिरोमा परेर ९ र चट्याङ लागेर १२ जना घाइते भए । अनुमानित ४ करोड ८४ लाख २० हजार ८ सय बराबरको अनुमानित भौतिक क्षति भयो ।
गत आव आव २०८०/०८१ को असार मसान्तसम्ममा बाढीपहिरोबाट ४२ र चट्याङबाट ४ जनाको मृत्यु भएको छ । यो वर्ष आगोलागीबाट १९, लेक लागेर १७ र हावाहुरीका कारण २ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यो वर्षमा बाढीपहिरोमा ३८, चट्याङबाट २४, आगोलागीमा परेर ४३ र हावाहुरीका कारण ४ जना घाइते भएका छन । अनुमानित ७० करोड ८१ लाख ५५ हजार ६७० मुल्य बराबरको क्षति भएको छ ।  ढोरपाटनबाट

 

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com