Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शैक्षिक गुणस्तर बढाउन अन्तरक्रिया

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ ,१२ साउन। बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौरले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला बीच अन्तरक्रिर्या कार्यक्रम गरेको छ ।
भौतिक सुधार पछि शैक्षिक सुधारका लागि अघि बढेको सिगाना माध्यामिक विद्यालयले अभिभावकको सुझाव जनप्रतिनिधिको सहयोगमा विद्यालयलाई अगाढी बढाउनका लागि एक दिने शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको हो ।


अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शैक्षिक गुणस्तरमा सामुदायिक विद्यालयले नयाँ–नयाँ अवधारणा ल्याउन थालेको बताउनुभयो ।
भौतिक रुपमा अत्यन्तै दुराअवस्था रहेको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्षमा मुहार फेर्न सफल भएको बताउदै शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, शिक्षक र विद्यार्थीको गुनासो र सल्लाह सुझाव सिरोधार्य गर्न आवश्यक रहेको बताउनुभयो ।


नगरपालिकाले लिड विद्यालय विग विद्यालयको अवधारणका लागि सिगाना माध्यामिक विद्यालय लामिचौर जस्ता विद्यालयमा दिवा होस्टेल लगायतको संभावना रहेको बताउनुभयो ।
नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको खड्काले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले शिक्षकले अन्तरआत्माबाट विद्यार्थीको शैक्षिक गुणस्तरका लागि लाग्नुपर्ने बताउनुभयो ।


शिक्षकहरुको पहिलो प्राथमिकता राजनीति, घरको काम धन्दा लगायतका विषय नभएर विद्यार्थीको भविश्य पहिलो प्राथमिकता हुन अवाश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पोख्रेलले नगरपालिकाले लिएको नीति अनुसार लामिचौरको विद्यालय परिवर्तन भएको बताउदै नगरकै पहिलो बालमैत्री विद्यालयको रुपमा घोषणा हुन थालेको बताउनुभयो ।
विद्यालयको पूर्वाधार विकासमा पछिल्लो समय विकास गरेको बताउदै अबको पालो शैक्षिक गुणस्तरको रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले बताउनुभयो ।
कार्यक्रममा सिगना माध्यामिक विद्यालयका पूर्व प्रधानध्यापक गोपाल कुमार शर्माले शैक्षिक अन्तरक्रिर्यामा आउनुपर्ने विषय, उपलब्धी र चुनौतीका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा प्रधानध्यापकबाट अवकास प्राप्त हुनुभएको चन्द्र मल्ल, शिक्षक टिकाराम उापध्ययको बिदाई, सिगानाभरका ९ वटा आमा समूहलाई सम्मान, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवासलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व विव्यस अध्यक्ष हरी बहादुर कार्की, अक्षयकोष दाता तेज बहादुर खत्री र डिला कार्की लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा कार्यवाह वडाअध्यक्ष बेद बहादुर क्षत्री, पूर्व वडा अधयक्ष जित बहादुर क्षत्री, तेज बहादुर खत्री, अवकास प्राप्त पूर्व प्रधानध्यापक चन्द्र बहादुर मल्ल, बौडैचौर माध्यामिक विद्यालयका प्रधानध्यापक जिवनाथ गौतम, सिगाना माध्यामिक विद्यालय तित्याङका शिक्षक कर्ण बहादुर कार्की, पूर्व शिक्षक यज्ञराज गौतम र वडा सदस्य मन बहादुर नेपाली लगायतले अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।


विद्यालयका प्रधानध्यापक लोक बहादुर खड्काले विद्यालयको शैक्षिक गतिविधिको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमा एसइइ परिक्षामा उत्तिण विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द प्रसाद गौतमको स्वागत तथा शिक्षक भुपेन्द्र कार्कीको सचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com