Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री

  • ११ महिना अगाडि

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।

‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन् ।

“मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछुु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट पारेका छन्  ।

“म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’’ प्रधानमन्त्री ओलीको अठोट थियो ।
प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुनेसमेत बताए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com