Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

होटल व्यवसायमा रमाउदैँ कुँवर

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ, २९ साउन । काठेखोला गाउँपालिका ७ रेशका ताल बहादुर कुँवर विगतका  वर्ष देखि होटल व्यवसायमा प्रगति गर्दै आएका छन् । उनले होटल सितल पार्टी प्यालेस १३ वर्ष देखि सञ्चालनमा ल्याएका छन् । उनले १३ वर्षदेखि सिवधारा चोकको होटल सितल पार्टीप्यालेसको नामबाट सञ्चालन गरिँदै आएको होटल हालैमात्र उपल्लाचौर बागलुङ बसपार्क सँगैबाट सेवा दिन थालिएको हो । १४ वटा एसी र १० वटा ननएसी सहितका सुविधा सम्पन्न कोठा, रेष्टुराँ, दुई वटा सभाहल, प्रयाप्त पार्किङ सुविधा सहित कुँवरले साविकको रेड एप्पल भएको होटललाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएका छन् ।

बागलुङ बजारको जीपपार्क चोकको सानो घरमा होटल सितलको नामबाट २०६० साल फागुन १ गतेबाट थालेको होटल व्यवसाय भिआईपी होटलका रुपमा परिणत भइसकेको छ ।

सानो घरबाट होटल व्यवसाय लागेका कुँवर अहिले बागलुङ बजारको उपल्लाचौरबाट भिआईपी होटलबाट सेवा दिन थालका छन् । चार कोठा बाट शुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको कुँवरको भनाई छ ।

शिक्षक छोडेर होटल व्यवसायमा

शैक्षिक क्षेत्रमा स्नातक सकेर स्नातकोत्तर अध्ययन गर्ने सपना देखेका कुँवर शिक्षक पेशालाई तीन वर्षमै बीट मारेर होटल व्यवसायमा लागेका हो ।

तीन वर्ष काठेखोला गाउँपालिका–८ स्थित लेखानी माध्यामिक विद्यालयमा अध्यापन गरे, पारिवारिक समस्या थियो, डिग्री पढ्ने सपना त्यागेर विदेश जाने सोच नभएको हैन, अलिअलि रकम विदेश जाने चक्करमा डुबाइयो, एक दुई वर्ष होटल चलाम त्यसपछि बिक्रि गरेर विदेश जानुपर्ला भनेको थिए, तर होटल व्यवसायमा निरन्तर सफलता पाउदै आज २१ वर्षमा पुगिसके” कुँवरले भने होटल व्यवसाय २० वर्ष पहिला रहर नभएर बाध्यता बन्यो, अहिले जिल्लाकै ठूलो होटल मध्ये आफ्नो सितल होटल पर्न थालेको छ, पाउनालाई ढुक्क संग राख्न सक्नेभएका छौं, २० वर्षमा धेरै उताढ चढाव आए, अहिले सितल होटल तथा पार्टी प्यालेसलाई रु. २ करोड लगानी थपेर उपल्लाचौरबाट सेवा दिन थालेको छु ।

पछिल्लो समय बागलुङमा पर्यटकीय गतिविधि बढ्दै गएपछि ठूला होटलको आवश्यकता खड्कदै गएको पाइएको उनको भनाई छ ।

२४ वटा सुविधा सम्पन्न कोठा

रु. दुई करोड लगानीमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल सितल एण्ड पार्टी प्यालेसमा जम्मा २४ सुविधा सम्पन्न कोठा रहेका छन् । जसमध्ये १४ वटा कोठा एसी सहितका छन् भने १० वटा कोठा नसएसी रहेका छन् ।

एकरात सुतेको कोठाको सुविधा हेरेर दुई हजार देखि तीन हजार सम्म रकममा बुक गर्न सकिने कुँवरले बताउनुभयो । १२ वर्ष शिवधाराचोकबाट १० वटा कोठासहितको होटलबाट सेवा दिदै आएकोमा शान्त वातावरण, पार्कीङ, सुविधा सम्पन्न हल, बिबाह तथा पार्टीका लागि समेत उपयुक्त भएकाले उपल्लाचौरको पाँच तले नयाँ भवनबाट सेवा दिन थालेको कुँवरको भनाई छ । होटलमा पर्याप्त पार्किङको समेत सुविधा रहेको छ ।

होटलका लागि पार्कीङ सुविधा महत्वपूर्ण रहेछ, बजार भित्र पार्कीङको समस्या थियो, बिबाह र पार्टीका लागि समेत उपयुक्त स्थान नभएपछि उपल्लाचौर स्थित बागलुङ बसपार्क नजिकै नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याएको छु” कुँवरले भने २० वर्षको होटल व्यवसायको अनुभव, सम्पर्क र समन्वय, सामाजिक कार्य लगायतका कारण होटल चल्नेमा समस्या छैन, बागलुङमा सुविधा सम्पन्न होटलको अझै खाँचो रहेको छ । कुँवरले बागलुङमा स्टार होटलको खाँचो रहेको बताए।

कुँवरले नयाँ व्यवस्थापमा सञ्चालनमा ल्याएको सितल होटलमा बिबाह समारोह तथा पार्टीका लागि समेत बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो । कुँवरले मासिक एक लाख भाडा तिर्नेगरी १५ वर्षका लागि उक्त घर सम्झौता गरेर होटल सञ्चालनमा ल्याएका हुन् ।

कुँवरले होटल सञ्चालन गर्दै गर्दा धेरै पाहुँना आउदाको दिन हुँने समस्याले हैरान परेकाले २४ कोठाको होटल सञ्चालनमा ल्याएको बताए । उनले एक बसमा पहुँना आउदाको दिन होटलले कोठा छैन भन्ने अवस्थाको अन्त्यका लागि २४ कोठाको सुविधा सम्पन्न लग्जरी होटल सञ्चालनमा ल्याएको बताए ।

२४ कोठामध्ये अधिकांश कोठामा बाहिर निस्केर दृश्यालोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । पछिल्लो समय पोखरा तथा कुश्मा र म्याग्दीमा खुलेका सुविधा सम्पन्न होटलमा जस्तै कोठाको सुविधालाई बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com