बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बागलुङ पर्वत जोड्ने लामो झोलुङ्गे पुलबाट खसि एक बालिका हराएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा पढ्दै आएकी ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङकि १७ वर्षिय तारा अदै रहेको जिल्ला प्रहरी बागलुङका प्रहरी नायब उपरिक्षक ऋषिराम कडेंलले जानकारी दिए ।
विद्यालयको होस्टेलमा बस्दै आएकी अदै होस्टेल पछिको पर्खालबाट हाम फालेर भागेकी थिइन । होस्टेलबाट भागेर नजिकैको गण्डकी गोल्डेन वृजमा पुगेर पुलबाट हाम फालेर हराएको प्रहरी नायव उपरिक्षक कडेंलको भनाई छ ।
हराएपछि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ ।
विद्यालयका प्रधानध्यापक रेशम श्रीसले होस्टेलमा रहदै आएकी बालिका होस्टेलबाट हराएको जानकारी दिए ।