Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

झरिमा नै सकियो हरेलो मेला

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ , ४ भदाैँ । सोमबार राति देखि झ्याम झ्याम झरि परिरहेको थियो । झरिले गर्दा खोला नाला बढिरहेका थिए । सडकहरु नि अबरुद्द थिए । तर पनि बागलुङको बलेवामा रहेको भैरवस्थानमा मन्दिरमा भने हरेलो मेलामा पुजा गर्ने भक्तजनहरुको उत्तिकै भिड थियो । मंगलबार विहानै देखी भैरवस्थान मन्दिर परिसरमा दर्शनार्थीको लाईन थियो । छाता ओडेर नै दर्शनार्थीहरु पुजा गरिरहेका थिए । दिनभर नै मन्दिर दर्शनका लागि आउने जानेको चाप उत्तिकै थियो । भदौंको पहिलो मंगलबार यस क्षेत्रका स्थानियले हरेलो पर्व मनाउने गर्छन । यसै पर्वको अवसरमा मन्दिरमा दर्शनार्थीको भिड लाग्छ भने मेला हेर्नका लागि टाढाटाढाबाट दर्शकहरु आउने गर्छन ।


बागलुङको ऐतिहासिक धार्मिक शत्तिपिठ बलेवा भैरवास्थान मन्दिर परिषरमा विगत ३ वर्ष देखी भदौको पहिलो मंगलबार हरेलो मेला संचालन हुँदै आएको छ ।
बागलुङ नगरपालिका वडा न.१२ मा रहेको मन्दिर परिसरमा तेस्रो हरेलो मेला यस वर्ष पनि सम्पन्न भएको छ । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ निरन्तर झरीका विच पनि हजारौं दर्शकको उपस्थितिमा हरेलो मेला सम्पन्न भएको मेला मुल आयोजक समितिका संयोजक एवं भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए । प्रसिद्ध भैरवस्थान मन्दिरको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने गरी संचालन गरिएको मेलामा विभिन्न स्थानिय सांस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
बागलुङ नगरपालिका वडा नं। १० भकुण्डे ११ रायडाँडा १२ अमलाचौर १३ पैयुँपाटा १४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोटको रुपमा समेत रहेको मन्दिर परिसरमा विभिन्न जिल्लाबाट दर्शनार्थीको उपस्थिती रहेको थियो । मेलामा भकुण्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गित, पैयुँपाटाको नौमती बाजा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो गितहरु प्रस्तुत गरिएको थियो ।


मेला उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले भैरवस्थान मन्दिर यस क्षेत्रको धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको बताए । उनले साविकका बलेवा क्षेत्रका ६ वडाले मनाउँदै आएको हरेलो पर्वलाई अझै पुरस्कृत गरी यसरी मेलाकै रुपमा मनाउनँदा हाम्रो संस्कृति र सम्पदाको संरक्षणमा थप टेवा पुगेको बताए । सुवेदीले हरेलो मेला हाम्रो परम्परागत संस्कृती भएको हुँदा यसको संरक्षणमा निरन्तर जुटुनेपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले भैरवस्थान मन्दिर बागलुङ मात्र नभएर गण्डकी प्रदेशकै प्रमुख शक्तिपिठको रुपमा स्थापित भएको बताए ।

उनले मन्दिर र मेलाले यस क्षेत्रको ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक एवं साँस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने विश्वास लिएको बताए । पाठकले भैरवस्थान मन्दिरको विकासका लागि पर्यटन गुरुयोजना अनुसार अगाडी बढ्र्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, गुठी संस्थानका केन्द्रीय अध्यक्ष शिवराज पण्डित, बागलुङ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष गुरुप्रसाद पाठक लगायतले हरेलो मेलाले यस क्षेत्रको संस्कृति संरक्षणमा ठुलो टेवा पुगेको बताए ।

भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । बाइसे चौबिसे राज्यको समयमा सन १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य भित्र पर्दछ । भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरुले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पुजा आजा गर्ने गर्छन । त्यही अवसरमा विगत ३ वर्ष देखी हरेलो मेलालाई अझै व्यवस्थित गरी मनाउन थालिएको हो । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास रहेको छ । नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ । मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको बागलुङ नगरपालिका—१२ अमलाचौरका वडा अध्यक्ष कोपिलामणी शर्मा बताउँछन । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गर्छन ।


कार्यक्रम भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, वडा अध्यक्ष कोपिलामणी शर्माको स्वागत र पत्रकार कृष्ण अखेलीको संचालनमा सम्पन्न भएको थियो । मेलामा राष्ट्रिय कलाकार जिवन दाहाल सिता परियार, रेशम निर्दोस, आशा विक कृष्ण अखेली सुदिप क्षेत्री लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com