Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

हट्यो टिकटकमाथिको प्रतिवन्ध, पर्यटन प्रवद्र्धनसहितका ४ शर्तहरु पूरा गर्नुपर्ने

  • न्युज एजेन्सी नेपाल
  • १० महिना अगाडि

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो । यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त अघि सारेको छ । साथै सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने शर्त राखेको छ । सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिवन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँले सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध हटाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, त्यो सूचिकरण गर्दा सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने । सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सूचिकरण गर्नेकुरामा हामीसँग सहमति भइसकेको छ । टिकटकले अब सञ्चालनमा आउँदा प्वाइन्ट अफ कन्ट्याक्ट तोकेर आइसकेपछि २०८० साल असोज २७ गते टिकटकमा लगाएको प्रतिवन्ध हटाउने । कार्यान्वयनमा आउन उनीहरुले आफ्नो शर्तअनुसार आउनुपर्छ । हाम्रो पर्यटन प्रवद्र्धनमा टिकटकले सहयोग गर्नुपर्ने । डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने । सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन पनि सहयोग गर्नुपर्ने । नेपाली भाषाको फिल्टरिङ गरेर जे कारणले बन्द गरिएको भनिएको छ, टिकटकले मात्रै होइन, अरु सामाजिक सञ्जालले पनि भोलि गर्न नपाउने गरेर भाषामा कस्तो कस्तो प्रयोग गर्न पाउने ? सामाजिक दुर्भावना, अरुलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न भएन । त्यो नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिवन्ध खुल्छ । टिकटक जस्तै अरु सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिन, हाम्रा मुद्दामा सहयोग गर्नुपर्छ ।’
तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० साल असोज २७ गते टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । मन्त्री गुरुङले टिकटक जस्तै अरु सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवद्र्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com