बागलुङ ,८ भदाैं । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन बागलुङले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने भएको छ । मालढुंगास्थित निर्माणाधिन इस्कोन गण्डकी परियोजनाको भवनमा कार्यक्रम गरिने भएको हो । इस्कोनले शनिबार पत्रकार सम्मेलन गरेर पर्वबारे जानकारी दिएको हो ।
बिहान साँढे ४ बजेबाट पूजाआजा शुरु गरेर रातको १२ बजे सम्मका कार्यक्रमहरु तय भएका हुन् ।
जन्मोत्सवको मुल कार्यक्रम दिउँसो ३ बजेबाट शुरु गरेर रातको १२ बजेसम्म चल्ने छ ।
विशेषगरी कृष्णजन्माष्टमीबारे कथा प्रवचन, राधाकृष्ण महाअधिषेक, साँस्कृतिक प्रस्तुती र परियोजनाको बारेमा प्रस्तुतीकरण समेत हुने भएको हो । कला संस्कार र सँस्कृतिले भरिएको नेपालको धार्मिक पर्यटन बढाउने र कृष्णजन्माष्टमीको महत्वबारे प्रकाश पार्न पर्व मनाउन लागिएको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले जानकारी दिए ।
कार्यक्रममा भागवत दासले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । आम नागरिकको दान पेटिकाबाटै पर्व र अन्य कार्यक्रम संचालन गर्दै आएको उनले जानकारी थिए । पछिल्लो १२ वर्षदेखि इस्कोनले बागलुङमा विभिन्न कार्यक्रम गर्दै आएको छ । इस्कोनमा युवाहरुको आर्कषण समेत छ । उनीहरुले धार्मिक क्रियाकलापलाई वैज्ञानिक रुपमा प्रमाणित गर्ने र सोहीअनुसार व्याख्या गर्ने काम पनि गर्दै आएका छन् ।