बागलुङ, ११ भदाै। बागलुङमा सत्रौ पुस्तकालय दिवस मनाईने भएको छ । दिवसको अवसरमा आज पहिलो दिन सरसफाई गरि मनाईएको छ । विद्यामन्दिर पुस्तकालयको आयोजनामा भएको सरसफाई कार्यक्रममा जनप्रतिनिधिको पनि सहभागि रहेको थियो । दिवस भदौ ११ देखि १५ गते सम्म हुने छ ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष राम थापाले अविरलले समाजमा पठन संस्कृतिको विकास गर्न पुस्तकालयले अभियान चलाउने बताए । उनले विभिन्न क्रियाकलापमार्फत बालबालिका, शिक्षक र लेखन क्षेत्रमा लागेकाहरुलाई पुस्तकालयप्रति आकर्षित गर्नेगरी कार्यक्रम तय भएको बताए ।
बागलुङकै जेठो विद्यामन्दिर पुस्तकालयले बालबालिकाको सिर्जनात्मक लेखन कार्यशाला, विद्यालय स्तरीय निबन्ध लेखन, बाल कक्षाका बालबालिकाको स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रम गरेर दिवश मनाउन लागिएको हो । दिवश भदौ ११ देखि १५ गतेसम्म मनाइने कार्यक्रम तय भएको अध्यक्ष अविरलले बताए ।
बिसं २००३ सालमा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले दिवशको अवसरमा शैक्षिक उनन्यनका क्रियाकलापमा जोड दिएको हो । झण्डै ८ हजार पुस्तक डिजिटल रुपमा समेत राखिएको यो पुस्तकालयमा सत्र हजार पुस्तक सजाइएको छ ।
अध्ययन गर्नेको संख्या घट्दा भएकोले उपस्थिति बाक्लो बनाउन पठन संस्कृति बढाउने खालका कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालयले बागलुङ हिरासतमा रहेका बन्दीलाई पनि पुस्तक उपहार दिने योजना बनाएको थापाले जानकारी दिए ।
पुस्तकालयमा ४० वर्ष सेवा गरेका हरिहर श्रेष्ठलाई दिर्घसेवा प्रदान गरिने योजना पनि छ । राणा शासनको बेला मुस्ताङबाट झरेका ओमप्रसाद गौचन र मेघकुमार बैद्यले पुस्तकालय खोलेका थिए । समाजमा जागरण ल्याउन उनले पुस्तकालय खोलेको इतिहास छ । पहिलो दिन सरसफाइसँगै विभिन्न चोकमा पुस्तकालय दिवशको व्यानर पनि टाँगिएको छ ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष सनीकुमार केसी, कार्यपालिका सदस्य धनमाया शर्मा, पुस्तकालयका सल्लाहकार प्रेम छोटासमेत उपस्थित भएर सफाइ अभियानमा भाग लिएका थिए ।