बागलुङ १४ भदौ । लायन्स क्लब अफ धौवलागिरी बागलुङ र लियो क्लब अफ धौवलागिरी बागलुङको संयुक्त आयोजनामा र विद्यामन्दिर माध्यामिक विद्यालयको सहयोगमा एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई एक दिने नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा लायन्स क्लब अफ धौवलागिरी बागलुङका पूर्व अध्यक्ष ओम प्रकाश गौतमले लायन रलियो क्लब भनेको ‘हामी सेवा गर्दछौं’ भन्ने भाव रहेको छ र त्यस अनुरूप यस विद्यालयमा नि:शुल्क आँखा शिविर ल्याएको बताउनुभयो ।
कार्यक्रममा विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्यले यस विद्यालयमा आँखा शिविर कार्यक्रम लिएर आउनु भएकोमा खुशी व्यक्त गर्नुभएको थियो उहाँले आजकलका विद्यार्थी नानीबाबुहरूने बढी मोबाइल चलाउने आँखा कमजोर हुने हुदाँ यस कार्यक्रमले विद्यार्थीहरुलाई चेतना दिने बताउनुभयो ।
यस निःशुल्क आँखा शिविरबाट करिब सात सय भन्दा बढी विद्यार्थीहरुले लाभ लिनु भएको थियो भने साथै विद्यालय शिक्षक तथा कर्मचारीहरूको पनि आँखा जाँच गरिएको थियो।
यस कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ धौवलागिरी बागलुङका अध्यक्ष गणेश महतो, स्वागत मन्तव्यमा लायन क्लब अफ धौलागिरी बागलुङका प्रथम उपाध्यक्ष राजेश भारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन लियो क्लब अफ धौवलागिरी बागलुङकी सचिव शिवानी शाक्यले गर्नु भएको थियो।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक छविरमण शर्मा रेग्मी, विद्यालय नर्स सबिता ज्ञावली, लायन क्लब अफ धौवनागरी बाग्लुङका प्रथम उपाध्यक्ष राजेश भारी, तेस्रो उपाध्यक्ष मनोज श्रेष्ठ, लियो क्लब अफ धौवलागिरी बागलुङका पूर्व अध्यक्ष प्रवेश पौडेल, निवर्तमान अध्यक्ष मनिष कडेल साथै २०२४/२५ का अध्यक्ष सचिन हरिजन लगायतको उपस्थिति रहेको थियो।