Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • २ वर्ष अगाडि

बागलुङ ,१५ भदौ । अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत बिद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा स्थापना भएका बिभिन्न कोषहरुबाट सहयोग गरिएको छ । बिद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई, शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो ।

बिद्यालयमा २०६४ सालमा स्थापना भएको नन्दप्रसाद नन्दकली आचार्य स्मृति अक्षयकोषले शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ । एक बर्षका लागि सबै विद्यार्थीलाई पुग्नेगरी कोषले पोशाक सहित शैक्षीक सामग्री सहयोग गरेको कोषका संरक्षक यज्ञबल्लव शर्माले बताए । २ लाख २८ हजार रुपैयाँको अक्षय कोषबाट बार्षिक रुपमा प्राप्त हुने व्याज रकमबाट कोषले विद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि सहयोग गर्ने गरेको छ ।
त्यस्तै विद्यालयमानै स्थापना भएको झरना केसी गुडिया स्मृति बाल कोषबाट नगद सहयोग गरिएको छ । कोषमा रहेको १९ हजार रुपैयाँको बार्षिक व्याज रकमबाट प्रत्यक विद्यार्थीका लागि १ सय ५० रुपैयाँका दरले नगद सहयोग गरेको विद्यालयले जनाएको छ ।
शैक्षिक सामग्री तथा पोषाक बितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बिद्यालय बालमैत्री हुनुपर्नेमा जोड दिए । सबै सामुदायीक बिद्यालय बालमैत्री बन्दा बालबालिकाका सिकाईमा प्रभाव पर्ने भन्दै उनले नगरले बालमैत्री अभियान चलाएको बताए । शैक्षिक अबस्था सुधारका लागि पूर्वाधारको बिकाससँगै समुदायको सकृय सहभागिताको आवश्यकता रहेको उनले बताए ।
बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले समुदायले स्थापना गरेको विद्यालय जोगाउने जिम्मा पनि समुदायकै भएको बताए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु कुमारी शर्मा, समाजसेवी लालचन राजभण्डारी लगायतले बोलेका थिए । कोषका संरक्षक शिवराम शर्मा आचार्यको अध्यक्षता, कोषका संरक्षण यज्ञवल्लव शर्माको स्वागत र शिक्षक उमाकान्त शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com