Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विपीको साहित्यीक योगदान अमिट छ–प्रा.डा. चालिसे

  • ९ महिना अगाडि

बागलुङ ,भदौं २४। प्राध्यापक डाक्टर नारायण चालिसेले विपी कोईरालाले नेपाली साहित्य क्षेत्रमा आफ्नो उच्चतम योगदान दिएको बताएका छन् । सोमबार नेपाली काँग्रेस बागलुङले विपी कोईरालाको १११ औं जयन्तीको सन्दर्भमा आयोजना गरेको समाज साहित्य र विकास विषयक अन्तरसंवाद कार्यक्रममा उनले विपीले राजनीतिमा आफ्नो क्षमता अनुसार योगदान गर्न नपाए पनि साहित्यमा उच्च योगदान गरेको उल्लेख गरे ।
‘नेपाली साहित्यको क्षेत्रमा विपी कोईरालाले निकै उच्च योगदान गर्नुभएको छ, उहाँको कृतिहरु दुरगामी दृष्टिकोणबाट रचित छन्,’उनले भने,‘राजनीतिमा उहाँले १५ महिने सरकार बाहेक अरु सबै संघर्षमा बिताउनु परेको कारण क्षमता अनुसार काम गर्न पाउनुभएन ।’ विपीले आफुलाई साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादी भनेको उनले उल्लेख गरे । ‘विपीले आफुलाई साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादी भन्नुभएको छ,’उनले भने,‘अराजकतावादी भन्नुको अर्थ छाडापन भन्ने होईन । वीपीले साहित्य सिर्जनामा स्वतन्त्रता र स्वच्छन्दताको वकालत गर्नुभएको छ ।’
साहित्यको सिर्जना कहिले पनि निश्चीत घेरा र वाद भित्र सम्भव नभएको उनको भनाई थियो । ‘साहित्य सिर्जनाका लागि साहित्यकारले स्वच्छन्द रुपमा विचरण गर्न पाउनुपर्छ, तबमात्र राम्रो साहित्यीक कृति जन्मन्छ,’उनले भने,‘त्यही कुरालाई विपीले साहित्यमा आफु अराजकतावादी हुँ भन्नुभएको हो । कतिपयले विपीलाई छाडा भनेर पनि भने त्यो गलत छ । विपीले आफ्नो साहित्यीक कृतिहरुमा लेखेका कैयौं कुराहरु अहिले पनि हाम्रो समाजसंग मेल खाएको देखिन्छ ।’ विपीले मानिसलाई पशु र देउता दुबै हुन नसक्ने भनेर उल्लेख गरेको बताए ।
‘मानिस पशु होईन र देउता पनि बन्न सक्दैन भन्नुभएको थियो, त्यसको मतलब मानिसलाई मानिसकै रुपमा व्यवहार गर्नुपर्छ,’उनले भने,‘कुनै पनि कुराको अतिवादले समाजवाद अगाडि बढ्न सक्दैन भन्ने उहाँको स्पष्ट दृष्टिकोण थियो ।’ विपीले देशलाई संकट पर्दा राजासंग मिल्नुपर्छ भनेको तर राजालाई कहिल्यै देश भन्दा ठुलो नमानेको उनको दाबी छ । ‘देशलाई संकट पर्ने अवस्थामा राजासंग मेरो घाँटी जोडिएको छ, राजाको घाँटी रेटिनुभन्दा पहिले मेरो घाँटी रेटिनेछ भन्नुभएको थियो,’उनी भन्छन्,‘त्यसको मतलब उहाँले राजालाई देश भन्दा ठूलो भन्नुभएको थिएन । उहाँले त म त किसानको छोरा राजनीति नरहे पनि खेती गरेर खाउँला, महाराजको राजतन्त्र नै नरहे के होला भनेर प्रश्न गर्नुभएको छ ।’
सत्ताको खेलमा चतुर देखिएको राजा महेन्द्रले विपीलाई राजनीतिक योगदानमा अवरोध गरेको उनी बताउँछन् । ‘राजाले १५ महिनामै अपदस्थ नगरेको भएर राजनीतिमा उहाँको अझ ठूलो योगदान हुन्थ्यो,’उनले भने । उनले विपीको साहित्यको समाजको यथार्थ झल्किने समेत बताए । उक्त कार्यक्रममा डा. जीवन क्षेत्रीले पछिल्लो समय विकासको नाममा विनास निम्त्याउने काम भैरहेको बताए । साहित्य र आधुनिक विकासको सन्दर्भमा आफ्नो भनाई राख्दै उनले अहिलेकै गतिमा विकासको नाममा विनास निम्तीए भोलीको पुस्ताका लागि ठूलो समस्या सिर्जना हुने बताए ।
‘हामीले विकासको नाममा जे गरेका छौं, त्यसले वाताबरणलाई प्रत्यक्ष असर पारेको छ,’उनी भन्छन्,‘अहिले हिमनदीहरु लुप्त हुने क्रममा रहेका छन् । अहिलेकै गतिमा तापक्रम बढ्यो भने अबको ५० वर्षमा दक्षिण एसियाली मुलुकबाट अर्बौ मान्छे विस्थापित हुने दिन आउन सक्छ ।’ उनले आफ्नो कृति नुन तेलको बाटो बारेमा चर्चा गर्दै बाजेको पुस्तादेखि आफ्नो पुस्तासम्म आउँदा पुस्तैपिच्छे सुखद दिनहरु आएको भए पनि आउँदो पुस्ताका लागि दिन सुखद नभएको तर्क गरे ।
उनले विकासलाई पर्यावरणसंगै जोडेर लैजान नसके विनास निम्तीन समय नलाग्ने समेत बताए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नेपालको राजनीति र साहित्य क्षेत्रमा विपी कोइरालाको योगदान उच्च रहेको बताए । ‘राणा शासनको अध्याँरोबाट नेपाली जनतालाई प्रजातन्त्रको उज्यालोमा ल्याउनका लागि नेपाली काँग्रेसको स्थापना गरेर विपीले गरेको योगदानको अहिले हामीले चर्चा गरेर त्यो सबै सम्भव छैन,’उनले भने,‘विपीको योगदानको जति चर्चा गरे पनि कमै हुन्छ ।’
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेलले अहिले देशको राजनीतिले विपी जस्तो अर्को नेतृत्व खोजेको बताए । ‘विपीले निर्माण गरेको पार्टी अहिले कता कता विपीको आदर्शबाट विचलित हुँदै गईरहेको आरोप र टिप्पणीहरु आईरहेका छन्,’उनले भने,‘अहिलेको राजनीतिलाई सही क्षेत्रमा अगाडि बढाउनका लागि अर्को विपीको आवश्यकता देखिएको छ ।’ नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव ज्ञानु श्रीस शर्मा र सञ्चालन जिल्ला सदस्य जगन्नाथ आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com